Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु र एक घाइते


बैतडी — बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आज अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रराज भट्टका अनुसार सिगास गाउँपालिका–३ का ७५ वर्षीय हरुवा साउदको घटनास्थलमै मृत्यु भएको छ। उनका २० वर्षीय नाति महेश साउद घाइते भएका छन्।

दुर्घटनापछि ट्याक्टर चालक फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट