मकवानपुरमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
हेटौँडा उपमहानगरपालिका–९ माष्टरचोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।
शनिबार राति करिब ११ बजे जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २६५६ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
बसको ठक्करबाट गम्भीर घाइते भएका रुपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहराको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता, नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीले जानकारी दिए।
प्रारम्भिक समयमा मृतकको परिचय खुलेको थिएन। तर घटनास्थलमा फेला परेको मोबाइल सिम कार्डको प्रयोगबाट सम्पर्क गर्दा उनको परिचय खुलिएको प्रहरीले जनाएको छ।
बस चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–६ का ३३ वर्षीय सुजयकुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस