Techie IT
२०८२ पौष १७, बिहीबार

जिपले साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु


कैलालीमा तरकारी बोकेको जिपले साइकल यात्री र पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान साढे ५ बजे लु २ च २३५८ नम्बरको जिपले साइकल यात्री र पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिपको ठक्करबाट बर्दगोरिया गाउँपालिका–६ कोटातुल्सिपुरका ५५ वर्षीय शंकर डगौराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। गम्भीर घाइते अवस्थाका डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। घाइते हुनेमा घोडाघोडी नगरपालिका–२ साडेपानीका ५४ वर्षीय पदमबहादुर शाही, बर्दगोरिया–६ कोटातुल्सिपुरका ५४ वर्षीय हर्कबहादुर डगौरा र त्यही ठाउँका २५ वर्षीय कृष्ण डगौरा रहेका छन्।

तीनै जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ भने कृष्णको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिप चालक रोल्पा त्रिवेणी गाउँपालिका–४ का २३ वर्षीय सन्तोष घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट