Techie IT
२०८२ माघ १९, सोमबार

बस दुर्घटनामा ४५ जनाको नागरिकको मृत्यु


दुर्घटनामा मृत्यु भएकामध्ये ७ जना ।तस्बिर : दैनिक भास्कर

सोमबार राति साउदी अरबमा भएको बस दुर्घटनामा ४५ भारतीय नागरिकको मृत्यु भएको छ।

मक्काबाट मदिनातर्फ जाँदै गरेको बस डिजेल ट्यांकरसँग ठोक्किँदा आगलागी भएको थियो। भारतीय पत्रिका दैनिक भास्करका अनुसार, दुर्घटनामा १८ महिला, १७ पुरुष र १० बालबालिकाको मृत्यु भएको छ।

दुर्घटनामा एक मात्र व्यक्ति बाँचेका छन्। उनी मोहम्मद अब्दुल सोएब (२४) हुन्, जो बस चालकको छेउमा बसेका थिए। उनलाई घटनास्थलबाट तुरुन्तै अस्पताल लगिएको थियो र हाल सरकारी अस्पतालमा उपचार भइरहेको छ।

मृतकमध्ये १८ जना एकै परिवारका थिए, जसमा ९ बालबालिका र ९ वयस्क छन्। यो परिवार हैदराबादका हुन् । उनिहरु शनिबार भारत फर्कने तयारीमा थिए। अधिकांश मृतक हैदराबादका रहेको विश्वास गरिएको छ।

दुर्घटना मदिनाबाट करिब २५ किलोमिटर टाढा मुहरास नजिक सोमबार राति १:३० बजे भएको थियो। दुर्घटनाका बेला धेरै यात्रुहरू सुतिरहेका बताइएको छ ।

हैदराबादबाट नोभेम्बर ९ मा ५४ जना साउदी अरब गएका थिए। उनीहरू नोभेम्बर २३ मा फर्कने तालिका बनाएका थिए। यसमध्ये चार जना आइतबार कारमार्फत अलग्गिएका थिए र चार जना मक्कामा रहेका थिए। दुर्घटनामा परेको बसमा ४६ जना सवार थिए।

तेलङ्गना सरकारले रियादस्थित भारतीय दूतावाससँग सम्पर्कमा रहेर आवश्यक सहयोग गरिरहेको छ। राज्य सरकारले मृतकका परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ।

मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीस्थित अधिकारीहरूलाई पीडितको पहिचान र अन्य सहयोगका लागि दूतावाससँग नजिकबाट समन्वय गर्न निर्देशन दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट