Techie IT
२०८२ मंसिर ३, बुधबार

सल्यानमा ट्र्याक्टर दुर्घटना, चालकको मृत्यु


सल्यानमा आज राति करिब सवा ८ बजे ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। छत्रेस्वरी गाउँपालिका–५ लेखपोखरादेखि लान्ती तर्फ जाँदै गरेको रा १ त २४३८ नम्बरको ट्र्याक्टर छत्रेस्वरीको ढोरलाचौर नजिक दुर्घटनामा परेपछि चालक २५ वर्षीय देवेन्द्र सिंह रावतको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनापछि ट्र्याक्टरको पछाडिको टायरले च्यापिएर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरी नायव उपरीक्षक हेमबहादुर केसीका अनुसार प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरू गरेको छ। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लैजाने तयारी भइरहेको उनले बताएका छन् ।

अनियन्त्रित भएर दुर्घटनामा परेको ट्र्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको डीएसपी केसीले जानकारी दिए। दुर्घटनामा परेका रावत ट्र्याक्टरमा एक्लै सवार रहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट