Techie IT
२०८२ मंसिर १०, बुधबार

आज देशभरका विभिन्न ठाउँमा सवारी दुर्घटनामा पाँचजनाको मृत्यु


आज देशभरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

काठमाडौंको दक्षिणकाली नगरपालिका-५ डोल्लुमा सोमबार राति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ६० वर्षीय राम बहादुर तामाङको उपचारका क्रममा मृत्यु भएको छ।

बारा, महागढीमाई नगरपालिका-८ धरमपुर चोकमा धान काट्ने कम्पाइन मेसिनले मोटरसाइकल ठक्कर दिँदा २० वर्षीय रूपेश साहको बाटोमै मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार एक जना घाइतेलाई कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि रेफर गरिएको छ।

लमजुङ, राइनास नगरपालिका-६ स्याउली ढलेबर चोकमा मोटरसाइकलको ठक्करबाट ६८ वर्षीया मैती कुमारी तामाङको उपचारको क्रममा मृत्यु भएको छ।

त्यसैगरी, ललितपुर महानगरपालिका-१४ थसीखेलस्थित सडकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा ३८ वर्षीया पार्वता लुइँटेलको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

चितवन, भरतपुर महानगरपालिका-१० मालपोत चोकमा ग्यास बुलेटले मोटरसाइकल ठक्कर दिँदा १८ वर्षीया राईना श्रेष्ठको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ।

नेपाल प्रहरीले दुर्घटनामा संलग्न चालकलाई नियन्त्रणमा लिएको र  आवश्यक अनुसन्धान जारी रहेको बताएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट