हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कर्रा चोकमा मोटरसाइकलले ठक्कर दिएर एक पैदलयात्री महिलाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पशुपतिनगरबाट हेटौंडा बजारतर्फ आइरहेको ना.३८प ५८५० नम्बरको मोटरसाइकलले सोमबार ५५ वर्षीया खुइली डोमलाई ठक्कर दिएको थियो।
पर्सा वीरगन्ज महानगरपालिका–१६ नागुवा घर भई हाल हेटौंडा–१० कर्रामा बस्दै आएकी डोम सडक किनारबाट आफ्नो कोठातर्फ जाँदै गर्दा मोटरसाइकलले ठक्कर दिंदा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मोटरसाइकल चालक बारा सिम्रनगढ नगरपालिका-११ का २५ वर्षीय सुनिल ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता पुस्कर बोगटीले जानकारी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस