Techie IT
२०८३ असोज २, शुक्रबार

तीव्र गतिकाे मोटरसाइकल डिभाइडरमा ठोक्किँदा एकजनाको मृत्यु


सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राईको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल सडकबीचमा राखिएको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका अनिलको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ। सोही दुर्घटनामा परी मोटरसाइकलमा सवार २६ वर्षीय सन्दीप राई घाइते भएका छन् भने उनको पनि विराट शिक्षण अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट