Techie IT
२०८२ मंसिर २०, शनिबार

आज छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु


देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। उदयपुरको वेलकामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक २१ वर्षीय सरोज तामाङको उपचारका क्रममा मृत्यु भएको छ । सप्तरीको कञ्चनरूपमा बस र ट्रक एकआपसमा ठोक्किँदा अन्दाजी ५० वर्षीय एक पुरुषको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

रूपन्देहीको देवदहमा बोलेरोले ठक्कर दिँदा मोटरसाइकल चालक ३५ वर्षीय किसन परियारको मृत्यु भयो। लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय सुरज लोधले ज्यान गुमाएका हुन् ।

सिराहा गोलबजारमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २५ वर्षीय दिपेश थापाको घटनास्थलमै मृत्यु भयो। त्यसैगरी बैतडीको सुर्नयामा मिनी ट्रक नदीमा खस्दा २९ वर्षीय चालक नरेश महराको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट