Techie IT
२०८२ मंसिर २५, बिहीबार

ट्रक गहिरो खाडलमा खस्दा २१ जनाको मृत्यु


अरुणाचल प्रदेशको अन्जौ जिल्लास्थित छागलागाम नजिकै मजदुर बोकेको ट्रक गहिरो खाडलमा खस्दा २१ जनाको मृत्यु भएको छ। अन्जौ प्रहरीले जनाएअनुसार दुर्घटना सोमबार राति करिब ९ बजे भएको थियो। तर, एक जना गम्भीर घाइते मजदुर कसैगरी सदरमुकाम पुगेर प्रशासनलाई जानकारी दिएपछि मात्र घटनाबारे थाहा भएको हो।

अन्जौ जिल्लाका प्रहरी अधीक्षक अनुराग द्विवेदीले बीबीसीसँग कुरा गर्दै भने, “असमबाट अरुणाचल प्रदेशतर्फ आउँदै गरेको मजदुर बोकेको ट्रक छागलागामबाट करिब १० किलोमिटर अगाडि पहाडबाट गहिरो खाडलमा खसेको थियो।” उनका अनुसार दुर्घटनामा २१ जनाको मृत्यु पुष्टि भएको छ। घटनाको जानकारी मिल्नेबित्तिकै सुरक्षा तथा उद्धार टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार अहिलेसम्म १३ मजदुरको शव फेला परिसकेको छ भने बाँकी बेपत्ता मजदुरहरूको खोजी सतत जारी छ। घाइते बुद्धेश्वर नामका मजदुरले स्थानीय सञ्चारमाध्यमलाई राति गाडी चिप्लिएर सीधै खाडलमा खसेको र अँध्यारोका कारण कसैको अवस्थाबारे केही पनि थाहा नपाइएको बताएका छन्।

दुर्घटनामा ज्यान गुमाउने सबै मजदुर असमको तिनसुकिया जिल्लाका बासिन्दा रहेको प्रहरीले जनाएको छ। घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री कार्यालय (पीएमओ)ले जारी गरेको वक्तव्यअनुसार प्रत्येक मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेलाई पचास हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट