Techie IT
२०८२ मंसिर २५, बिहीबार

ललितपुरमा पाँच गाडीहरु एकै ठाउँमा ठोक्किँदा एक जनाको मृत्यु


ललितपुरस्थित युएन पार्क नजिक आज अपराह्न करिब ४ बजे पाँच वटा सवारीसाधन एकाअर्कामा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार दुर्घटनामा रौतहट, गौर निवासी ४५ वर्षीय राजिव सिन्हाको मृत्यु भएको हो। बा ५१ प ९५६९ नम्बरको स्कुटर चलाइरहेका सिन्हा गम्भीर घाइते भएका थिए। नर्भिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटरसहित कुपण्डोलतर्फबाट आउँदै गरेको बा प्र ०१–०२९ च ३८९६ नम्बरको निजी भ्यान, विपरित दिशाबाट आउँदै गरेको बाप्र ०१–०२२ च ००६१ नम्बरको कार, बा २ ज ४७६० नम्बरको कार र बाप्र ०१–०२९ नम्बरको भ्यान आपसमा ठोक्किएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट