Techie IT
२०८३ श्रावण १७, आइतबार

मकवानपुरमा ट्याक्टर दुर्घटना: तीनको मृत्यु, १९ घाइते


मकवानपुरको बकैया गाउँपालिका–७ अधेरीमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

लु ५ त १७४ नम्बरको ट्याक्टर दुर्घटनामा परी बकैया–७ अधेरीका करिब ५०/५५ वर्षीय केशव माझी, सोही ठाउँका करिब ५०/५५ वर्षीय युवराज माझी र ४५ वर्षीय सन्तलाल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेलाई उपचारका लागि हेटौंडा अस्पताल लगिए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनामा घाइते भएका अन्य १९ जनाको हेटौंडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परेका व्यक्ति काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनामा कार्यरत मजदुर हुन्। उनीहरू काम सकेर खाना खान ट्याक्टरमा सवार हुँदै फर्किने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट