Techie IT
२०८२ पौष ६, आइतबार

गोदावरीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु


कैलालीको गोदावरी नगरपालिका–१ स्थित मनहरा पुल नजिकको सडकमा अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–०१३ प ०३१३ नम्बरको मोटरसाइकल आइतबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चुरे गाउँपालिका–६ का ३५ वर्षीय लेखक थापा मगरलाई उपचारका लागि मायामेट्रो अस्पताल, धनगढी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन् । उनको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट