बस र लरी (ट्रक) ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु
भारतको कर्नाटक राज्यको चित्रदुर्ग जिल्लामा बस र लरी (ट्रक) ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ।
बिहीबार बिहान करिब २ बजे बेंगलुरुबाट गोकर्णतर्फ जाँदै गरेको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको लरी एकआपसमा ठोक्किएका थिए।
दुर्घटनापछि बसमा आगलागी भएको र त्यसमा सवार ३२ यात्रुमध्ये २४ जना घाइते भएको बीबीसीले जनाएको छ।
हालसम्म ११ जनाको शवको पहिचान भइसकेको छ भने घाइते सबैलाई उपचारका लागि नजिकका अस्पतालमा भर्ना गरिएको छ।
दुर्घटनाका कारण बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस