Techie IT
२०८२ चैत्र १, आइतबार

दुर्घटनामा परी राष्ट्रिय क्रिकेट खेलाडी थापाको मृत्यु


विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय क्रिकेट खेलाडी २७ वर्षीय मिनष थापाको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका–५ निवासी थापा गएराति करिब १ बजेतिर दुर्घटनामा परेका हुन्। विराटनगर–४ स्थित भित्री सडकखण्डमा एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा उनले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिएका छन्।

प्रहरीका अनुसार दुर्घटनालगत्तै गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

थापा विगत ९ वर्षभन्दा लामो समयदेखि कोशी प्रदेशबाट राष्ट्रिय क्रिकेटमा सक्रिय थिए। उनी राष्ट्रिय टोलीका ब्याट्सम्यानका रूपमा परिचित थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट