Techie IT
२०८२ पौष ११, शुक्रबार

चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु


चितवनमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–१, गर्दी निवासी २० वर्षीय तृशल महतो रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा प्र ०३४ प ५२०५ नम्बरको मोटरसाइकल आज बिहान रत्ननगर नगरपालिका–९, टिकौली जङ्गल नजिक अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक तृशल महतो र मोटरसाइकलमा सवार १९ वर्षीय अङ्कित महतो घाइते भएका थिए। घाइते तृशलको सेन्ट्रल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

अर्का घाइते अङ्कित महतोको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट