Techie IT
२०८२ पौष १८, शुक्रबार

टिप्परको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु


ललितपुरको थसिखेलमा टिप्परको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। बिहीबार राति करिब साढे ९ बजे एकान्तकुनाबाट महालक्ष्मीस्थानतर्फ जाँदै गरेको बा.४ ख १४७० नम्बरको टिप्परले ठक्कर दिँदा ४१ वर्षीय दीपेन्द्र सिलवालको मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका सिलवाललाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिए।

घटनामा संलग्न टिप्पर चालक सिन्धुलीको मरिण गाउँपालिका–६ घर भएका ३८ वर्षीय सोवितकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे प्रहरी वृत्त सातदोबाटोले थप अनुसन्धान गरिरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट