Techie IT
२०८२ पौष २३, बुधबार

भीमफेदीको जुरीखेतमा जिप दुर्घटना, ९ जना घाइते


 

काठमाडौं–हेटौंडा जोड्ने छोटो राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आइतबार साँझ जिप दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ना १ ज १७७८ नम्बरको टाटा सुमो जिप सडकबाट करिब एक सय मिटर तल खोल्सामा खसेको हो।

प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार जिपमा सवार ९ जनामध्ये ६ जना पुरुष, १ जना महिला, १ बालक र १ बालिका घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ भने बालक र बालिकाको अवस्था मध्यम रहेको उनले जानकारी दिएका छन् ।

इलाका प्रहरी कार्यालय भीमफेदीले घटनास्थलबाट घाइते सबैलाई उद्धार गरी उपचारका लागि हेटौंडा पठाएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट