Techie IT
२०८२ पौष २५, शुक्रबार

यी हुन् बस दुर्घटनामा मृत्यु भएका चार जना


काठमाडौँको शंखरापुर नगरपालिका–३ स्थित लप्सेफेदी जंगलमा भएको बस दुर्घटनामा मृत्यु भएका चार जनाको पहिचान खुलेको छ।

बुधबार साँझ स्थानीय ढोल्बु सामुदायिक वन क्षेत्रमा बा.४ ख ८७८८ नम्बरको महानगर यातायातको बस दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा बाँकेको कोहलपुर नगरपालिका–५ घर भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ घर भई बुढानीलकण्ठ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता तथा पाँचथर घर भई गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बु रहेका छन्।

दुर्घटनामा घाइते भएका २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने चार जनाको उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

पिकनिक मनाएर फर्किँदै गरेको उक्त बसमा नेचर हब कम्पनीसँग आबद्ध यात्रुहरू सवार रहेको बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट