Techie IT
२०८२ चैत्र १, आइतबार

अर्घाखाँचीमा टिपर दुर्घटना: ४ सय मिटर तल खस्दा चालकको मृत्यु


अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मंगलबार साँझ भूमिकास्थान नगरपालिका–३, ठूलाखर्कस्थित भित्री सडकखण्डमा लु२ख ३३२८ नम्बरको टिपर दुर्घटनामा परेको हो। दुर्घटनामा टिपर चालक प्युठान जिल्लाका ५८ वर्षीय कुशल रानाको ज्यान गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक दिवस जिसीका अनुसार गिट्टी बोकेर ब्याक गर्ने क्रममा अचानक नियन्त्रण गुम्दा टिपर सडकबाट करिब ४ सय मिटर तल खसेको थियो।

दुर्घटनाबाट गम्भीर घाइते भएका चालक रानाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट