लमजुङमा जिप दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते
बेँसीसहरबाट मस्र्याङ्दी गाउँपालिका–७ उस्ता जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेन्द्रकुमार बस्नेतका अनुसार ग १ ज ६४७० नम्बरको जिप सडकबाट करिब ५०–६० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा उस्ताकै ४० वर्षीया गङ्गामाया (त्रिवेणी) गुरुङ र ३५ वर्षीया पुष्पा घलेको मृत्यु भएको छ।
चालकसहित १४ जना घाइते भएकामा उपचारका लागि प्रदेश अस्पताल बेँसीसहर पुर्याइएपछि चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका हुन्।
दुर्घटनामा चालक करण अधिकारीसहित प्रकाश गुरुङ, रिता गुरुङ, विमलादेवी घले, सन्तबहादुर घर्ती, सफल गुरुङ, रितेश गुरुङ, प्रिन्सिका गुरुङ, सोमलाल तामाङ, बिवान घले र रुन्द्रमान घले घाइते भएका छन्।
घाइतेमध्ये ७ वर्षीय सफल गुरुङ र रिता गुरुङलाई थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ भने अन्य १० जनाको प्रदेश अस्पताल बेँसीसहरमा उपचार भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस