Techie IT
२०८२ चैत्र २६, बिहीबार

कृष्णपुरमा भीषण जिप दुर्घटना : २ को घटनास्थलमै मृत्यु, ६ घाइते


कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ भने ६ जना घाइते भएका छन्।

आज साँझ कृष्णपुर नगरपालिका - १ कुमगडाको भित्री कच्ची सडकमा से१ज २९० नम्बरको जिप अनियन्त्रित भई करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो।

दुर्घटनामा कृष्णपुर नगरपालिका - १ का अन्दाजी ६० वर्षीय नन्दराम पार्की र सोही स्थानकी ६२ वर्षीया कलावती देवी बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिपमा चालकसहित आठ जना सवार थिए। दुर्घटनामा चालक २४ वर्षीय अर्जुन साउद गम्भीर घाइते भएका छन्। उनको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको बताइएको छ। त्यसैगरी ३५ वर्षीया धनसरी बोहरा, १३ वर्षीया सरिता बोहरा, १५ वर्षीया भावना पार्की, १४ वर्षीया रेश्मा घटाल र भिमदत्त नगरपालिका - तिल्केनीकी ५० वर्षीया गंगा बिष्ट घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ।

घाइतेहरूलाई कृष्णपुर नगरपालिकाको एम्बुलेन्समार्फत थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट