Techie IT
२०८२ चैत्र २८, शनिबार

आज देशभर सडक दुर्घटना बाट ३ जनाको मृत्यु


देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्।

बाँकेको कोहलपुर नगरपालिका–१५ अकलघरूवास्थित सडकमा भे.१ ख ३२३२ नम्बरको टिपरले क.प्र.०२–००१ ब ०३६१ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार जाजरकोट छेडागाड गाउँपालिका–५ निवासी ५७ वर्षीया देबीसरा रावतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते मोटरसाइकल चालकको नेपालगञ्जस्थित संजिवनी कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ।

त्यस्तै, बाँकेकै बैजनाथ गाउँपालिका–३ जेठिनालास्थित सडकमा क.प्र.०२–००१ च १५७२ नम्बरको बलेरोले साइकलयात्रीलाई ठक्कर दिँदा सोही स्थानका २६ वर्षीय अधिस थारूको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। 

उता, चितवनको भरतपुर महानगरपालिका–५ सापकोटा चोकमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक २७ वर्षीय जय श्रीराम रायको ज्यान गएको छ। बारा घर भई हाल शान्ति चोक बस्दै आएका रायको भरतपुर सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट