Techie IT
२०८३ असार ४, बिहीबार

कैलालीमा ट्याक्टरको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु


कैलालीमा ट्याक्टरको ठक्करबाट ६ वर्षीया बालिकाको ज्यान गएको छ। बुधबार राति लम्कीचुहा नगरपालिका–५ स्थित चौरीको भित्री सडकखण्डमा से १ त ८७५८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा डिनल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार राति करिब पौने ९ बजेतिर घरनजिकै सडकमा खेलिरहेकी बालिकालाई ट्याक्टरले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि बर्दगोरिया अस्पताल लगिएको थियो।

उपचारकै क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा संलग्न ट्याक्टर र चालक लम्कीचुहा नगरपालिका–५ का ३७ वर्षीय रामबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट