Techie IT
२०८३ वैशाख १४, सोमबार

देशभर सवारी दुर्घटनाको कहर, एकैदिन ७ जनाको मृत्यु


आज देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ।

मोरङको बेलबारी नगरपालिका–७ डागीटोलमा प्र.१-०१-००२ ह २४८१ नम्बरको सिटी अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक ५० वर्षीय जयन्त बस्नेतको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको कोशी अस्पताल, विराटनगरमा उपचारका क्रममा ज्यान गएको हो। दुर्घटनामा घाइते अर्का एक जनाको स्थानीय दयाल मेडिकलमा उपचार भइरहेको छ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–१२ पिपरहवामा यूपी ३२ सिए ८३४३ नम्बरको स्कारपियो लु.१ ख ९५४९ नम्बरको ट्रकमा ठोक्किँदा स्कारपियोमा सवार ५० वर्षीय राधेश्याम कुर्मी र ५० वर्षीय चिन्नी कुर्मीको मृत्यु भएको छ। उनीहरूको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते दुई जनामध्ये एकको तौलिहवा र अर्काको भैरहवास्थित नगई सिटी अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रौतहटको गौर नगरपालिका–६ सवगढा लच्कामा बीआर ०५ डीआर २८०५ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक २२ वर्षीय बिशाल महतोको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा ज्यान गएको हो। मोटरसाइकलमा सवार अर्का एक जना घाइतेको उपचार भइरहेको छ।

धनुषाको विदेह नगरपालिका–७ बेलापट्टीमा मधेश प्र.०२-००७ प ९१०३ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक ३७ वर्षीय सुरज सहनीको मृत्यु भएको छ। उनलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत घोषणा गरिएको हो।

यसैगरी, धनुषाकै गणेशमान चारनाथ नगरपालिका–४ मा बस र मोटरसाइकल ठोक्किँदा २१ वर्षीय अतुल चौधरीको ज्यान गएको छ। गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारकै क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते अर्का एक जनाको जनकपुरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी, धनुषाधाम नगरपालिका–१ मा मोटरसाइकलको ठक्करबाट ७० वर्षीया घुर्नी देवी महराको मृत्यु भएको छ। शनिबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा राति ज्यान गएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट