Techie IT
२०८३ वैशाख ३०, बुधबार

पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस पल्टियो, १६ यात्रु घाइते


नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्।

पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ७ ख ५८२० नम्बरको यात्रुवाहक बस शुक्रबार साँझ करिब ७ बजे अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले जानकारी दिए।

दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि चिसापानी अस्पताल, बर्दघाट पठाइएको प्रहरीले जनाएको छ। बसमा ३१ जना यात्रु सवार रहेकामा अन्य यात्रु सकुशल रहेका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये अधिकांशको हातखुट्टा, टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। केही यात्रुको अवस्था मध्यम रहे पनि अधिकांशको अवस्था सामान्य छ।

दुर्घटनामा कास्की, नवलपरासी, कैलाली, तनहुँलगायत विभिन्न जिल्लाका यात्रु घाइते भएका छन्। एक जना विदेशी नागरिकसमेत सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक पन्तले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट