Techie IT
२०८३ श्रावण १७, आइतबार

मोटरसाइकल दुर्घटनामा परे हर्क साम्पाङ


श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ उदयपुरमा मोटरसाइकल दुर्घटनामा परेका छन्।

उदयपुरको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन कटारीबाट जाँदै गर्दा बाटोमै उनी सवार मोटरसाइकल दुर्घटनामा परेको हो।

दुर्घटनामा साम्पाङको हातमा चोट लागेको भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले जानकारी दिए। दुर्घटनापछि पनि साम्पाङ कार्यक्रमस्थलमा पुगेका थिए। चोट सामान्य रहेकाले उनी कार्यक्रममा सहभागी भएको बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट