Techie IT
२०८३ असोज ७, बुधबार

खसेको ढुङ्गाले लागेर हुम्लामा १५ वर्षीया किशोरीको घटनास्थलमै मृत्यु


सांकेतिक

कर्णाली करिडोर अन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थाग्णामा सडकमाथिबाट खसेको ढुङ्गाले लागेर एक किशोरीको अकालमै ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार सर्केगाड गाउँपालिका–४ गैरीसाँयाकी १५ वर्षीया पवित्रा साउदको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको हो। उनी बिहान गाईगोरु चराउन जङ्गल गएकी थिइन्। बिहान करिब १०:३० बजे करिडोरको माथिल्लो भागबाट अचानक खसेको विशाल ढुङ्गाले उनलाई किचेको थियो।

घटनाको जानकारी बिहान ११:५० बजे प्रहरी चौकी सर्केगाडमा पुगेलगत्तै प्रहरी हबल्दार गोबद्र्धन परियारको नेतृत्वमा चार सदस्यीय टोली घटनास्थल पुगेको थियो। कर्णाली करिडोर निर्माणका क्रममा भित्तो खनिए पनि आसपासका भिरालो क्षेत्रमा रहेका खुकुला र जोखिमयुक्त ढुङ्गाहरू नहटाउँदा बर्सेनि यस्ता भयानक दुर्घटना दोहोरिने गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट