Techie IT
२०८३ असार ४, बिहीबार

कोहलपुरमा कार र मोटरसाइकल ठोक्किँदा आगलागी


बाँकेको कोहलपुरमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै सवारी साधनमा भिषण आगलागी भएको छ ।

कोहलपुरस्थित एनटिभी रोडमा बुधबार दिउँसो भएको उक्त दुर्घटनामा परि मोटरसाइकल चालक गोविन्द उपाध्याय घाइते भएका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार गुडिरहेको विद्युतीय कार र मोटरसाइकल ठोक्किएपछि अचानक आगलागी भएको थियो ।

दुर्घटना लगतै दुवै सवारी साधन दन्किरहेका बेला स्थानीयले उद्धार र आगो निभाउनुको साटो मोबाइलमा भिडियो खिच्न व्यस्त देखिन्थे । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा मानवीय संवेदनाहीनताको पराकाष्ठा प्रस्टै देखिन्छ, जहाँ मानिसहरू आगो निझाउनु भन्दा रमिता हेर्न र भिडियो बनाउन केन्द्रित थिए ।

प्रहरीका अनुसार आगलागीबाट मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने कारको अगाडिको भाग जलेर नष्ट भएको छ । दुर्घटनामा घाइते भएका चालक उपाध्यायको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था हाल खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट