Techie IT
२०८३ असार १३, शनिबार

प्यूठानमा उपमेयर सवार गाडी दुर्घटना


प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर सवार सरकारी गाडी शनिबार बेलुकी भीषण दुर्घटनामा परेको छ । ५० वर्षीय उपमेयर मिनराज राना मगरले आफैँ चलाएको लु.प्र.०१-००१ झ ०००८ नम्बरको गाडी सडकबाट झन्डै ३०० मिटर तल खसेर रूखमा अड्किएको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश ज्ञवालीका अनुसार शनिबार बेलुकी पौने ५ बजेतिर स्वर्गद्वारी नगरपालिका-२ बाङ्गेशालमा उक्त दुर्घटना भएको हो । उपमेयर मगर स्वर्गद्वारीबाट धनवाङतर्फ गइरहेका थिए । दुर्घटनाको समयमा गाडीमा उनी एक्लै रहेको खुलेको छ ।

स्थानीय बासिन्दाले गाडी दुर्घटना भएको खबर गरेलगत्तै प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो । उपमेयर मगर गाडीसँगै भिरको तल रहेको र रूखमा अड्किएको गाडीबाट उनलाई बाहिर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । भिर र अप्ठ्यारो भूगोलका कारण उपमेयरको स्वास्थ्य अवस्थाबारे आधिकारिक जानकारी आउन बाँकी छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट