दाङमा ट्याक्टर र अटो ठोक्किँदा अटो चालकको मृत्यु
दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
हिजो (बुधवार) राति करिब ८ बजे सौडियारबाट सर्रूतर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको लोड गरिएको ट्याक्टर र घोराहीबाट वसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा अटोमा सवार तीनै जना गम्भीर घाइते भएका थिए। अटो चालक घोराही उपमहानगरपालिका–५ वसन्तपुरका ४५ वर्षीय विनोद पौडेलको उपचारका क्रममा आज बिहान २:४५ बजे कोहलपुरस्थित मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा परेका अन्य दुई जना घाइतेको अवस्था भने मध्यम रहेको छ।
घटनालगत्तै प्रहरीले ट्याक्टर र त्यसका चालक घोराही उपमहानगरपालिका–१७ भैसाहीका २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस