Techie IT
२०८२ वैशाख १७, बुधबार

पाँच जिल्लामा सवारी दुर्घटना, ८ जनाको मृत्यु


काठमाडौं । मंगलबार र बुधबार देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको ज्यान गएको छ । मृतकमध्ये दुई जना महिला र एक जना किशोर छन् भने तीन जना ट्राफिक दुर्घटनामा घटनास्थलमै मारिएका हुन् ।

नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–३, कुस्मामा युपी ५६ के ९३१८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय २२ वर्षीया ज्योती चौहानको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भयो । मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन् ।

पर्साको वीरगंज महानगरपालिका–२१, परवानीपुरमा ना.६ ख ७५०९ नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १९ वर्षीय प्रदिप कुमार गुप्ताको ज्यान गएको हो । नारायणी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–८, क्याम्पस चोकमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा ५५ वर्षीय सुन्दर चौधरीको मृत्यु भएको छ । घाइते अवस्थामा मायामेट्रो अस्पतालमा भर्ना गरिएका चौधरीको उपचारको क्रममा निधन भयो ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१० स्थित सडकमा नम्बर नखुलेको इलेक्ट्रिक स्कुटर दुर्घटना हुँदा अन्दाजी १६ वर्षीय एक किशोरको मृत्यु भएको छ । बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको हो ।

डोटीको जोरायल गाउँपालिका–१, गोल्डेनमा सु.प.प्र.०१ ००१ ख ३४२८ नम्बरको मिनिट्रक अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा बझाङका अर्जुन धामी, उज्ज्वल धामी र जगत धामीको घटनास्थलमै मृत्यु भएको हो ।

यी सबै घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट