Techie IT
२०८२ वैशाख १७, बुधबार

देशभर सवारी दुर्घटनामा तीन जनाको मृत्यु, दुई घाइते


बिहीबार र शुक्रबार देशका विभिन्न स्थानहरूमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । तीमध्ये एक जनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो ।

नवलपरासी पूर्व, देवचुली: देवचुली नगरपालिका–१३ स्थित कान्छीचोक सडकमा लु.११ प १४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बुलिङटार गाउँपालिका–५ भदौरे निवासी १९ वर्षीय सुरज घर्ती गम्भीर घाइते भए । उनलाई नयाँ मेडिकल कलेज, चितवन हुँदै थप उपचारका लागि काठमाडौं लगिएको थियो। तर, उपचारकै क्रममा शुक्रबार बिहान उनको मृत्यु भयो ।

मकवानपुर, मनहरी: मनहरी गाउँपालिका–७ लच्कास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा करिब ६० वर्षीया एक महिलाको मृत्यु भएको छ । उनको नाम, थर र ठेगाना नखुलेको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएकी ती महिलाको हेटौंडा अस्पतालमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो ।

कपिलवस्तु, शिवराज: शिवराज नगरपालिका–१ स्थित बनकसाबास सडकमा ना.६ ख ३५७६ नम्बरको ट्रकले लु.९६ प ९४१७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २५ वर्षीय नारायण ढकालको मृत्यु भएको छ । उनी शिवराज नगरपालिका–२ गौरीया बसोबास गर्दै आएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई चन्द्रौटा अस्पताल लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो । सोही स्कुटरमा सवार अर्का एक जना घाइते भएका छन्, जसलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीनै घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट