Techie IT
२०८२ कार्तिक ३, सोमबार

झापामा ९ महिनामा भएका सवारी दुर्घटनामा ७० को मृत्यु


झापा । जिल्लामा नौ महिनामा  दुर्घटनामा परी ७० जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म नौ सय ६६ सवारी दुर्घटना हुँदा उक्त मानवीय क्षति भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा ५३ पुरुष, १२ महिला र पाँच बालबालिका रहेका जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिएका छन् । उनका अनुसार नौ महिनामा दुर्घटनामा परी एक सय १७ जना घाइते, एक हजार ४२७ जना सामान्य घाइते भएका छन् । त्यस अवधिमा एक हजार ४१३ सवारीसाधन दुर्घटना भएकामा त्यसमा सबैभन्दा धेरै आठ सय ७६ मोटरसाइकल, एक सय ६२ टेम्पो, एक सय ४१ जीप कार, ४५ बस, २८ ट्याक्टर, २२ ट्रक, सात टिपर, दुई/दुई डोजर र माइक्रो तथा  सात वटा अन्य सवारीसाधन रहेका छन् ।

कार्यालय प्रमुख पौडेलले त्यस अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४५ हजार ५९४ सवारीसाधन कारबाहीमा परेका बताए । उनका अनुसार कारबाहीबाट रु तीन करोड चार लाख दुई हजार राजस्व सङ्कलन भएको छ ।

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सवारीचालकलाई लक्षित गरी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । नौ महिनामा चार हजार १३४ पटक जनचेतनामूलक कार्यक्रम हुँदा एक लाख ६५ हजार दुई ४९ जना मानिस लाभान्वित भएका कार्यालयले जनाएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट