Techie IT
२०८२ वैशाख २६, शुक्रबार

ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु


पाल्पा । सिद्दार्थ राजमार्गको पाल्पा–बुटवल सडक  खण्डामा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

आज साँझ तिनाउ गाउँपालिका–३ सिद्धबाबा हुँदै बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ क २५१७ नम्बरको खाली ट्रिपर दुर्घटना हुँदा चालक सियारी गाउँपालिका–२ रूपन्देहीका २६ वर्षीय प्रभाकर यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

ट्रिपरको चक्का पन्चर हुँदा अनियन्त्रीत भइ सडकबाट ६५ मिटर तल तिनाउ खोलाको किनारमा खस्दा चालक यादव  गम्भीर घाइते हुनुभएको थियो । उनलाई प्रहरी चौकी दोभानबाट खटेको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो । अस्पताल पुर्‍याइएका प्रभाकरको उपचारका क्रममा मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट