Techie IT
२०८२ जेष्ठ ७, बुधबार

बसको ठक्करबाट बालिकाको मृत्यु


गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । गोरखाबाट आरुघाटतर्फ गइरहेको ग२ख ९२५ नम्बरको बसको ठक्करबाट गोरखा नगरपालिका–४ फिनामकी चार वर्षीया सुविना सुर्खेतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज दिउँसो बसबाट ओर्लिने क्रममा सोही बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा परेर बालिकाकी आमा २० वर्षीयाा विनिता सुर्खेती भने गम्भीर घाइते भएकी छिन् ।

विनिताको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको गोरखा नगरपालिका–४ का कार्यवाहक वडाध्यक्ष निसा रोकाले बताउनुभयो । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट