ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सुर्खेत । भेरी करिडोर हुँदै जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीबाट सरिया बोकेर कार्यखेततर्फ जाँदै गरेको भे १ त ८७११ नम्बरको ट्रयाक्टर आज दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
नलगाड नगरपालिका–८ बगरा स्थायी ठेगाना भएका चालक १९ वर्षीय विनोद परियारको मृत्यु भएको हो । रुकुमपश्चिमको चौरजहारीस्थित मिसन अस्पतालमा उपचार गर्दागर्दै परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टरमा सवार अर्का घाइते नलगाड–७ चामेखेतका जयबहादुर परियारलाई उपचारका लागि नेपालगञ्ज पुर्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस