Techie IT
२०८२ चैत्र २९, आइतबार

दशैंको टीकाको उत्तम साइत कति बजे ??


यस वर्षको दशैंको टीका लगाउने उत्तम साइत असोज २६ गते बिहान ११:३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। दशैंको मुख्य दिन मानिने टीका लगाउने साइत समितिले विशेष अध्ययन र गणनाका आधारमा निर्धारण गरेको हो।

२०८१ सालको दशैं असोज १७ गते घटस्थापनादेखि सुरु हुँदैछ। घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको छ। घटस्थापनाका दिन घरघरमा जमरा राख्ने परम्परा अनुरूप जमरा राख्ने उत्तम समय यही रहेको समितिले जानकारी दिएको छ।

असोज १८ गते झण्डा फेर्ने साइत बिहान ९ बजेर १४ मिनेटमा रहेको छ, जहाँ पश्चिम फर्किएर झण्डा फेर्नुपर्ने समितिले जनाएको छ। त्यस्तै, असोज २२ गते पचली भैरव यात्रा र असोज २४ गते फूलपाती हुनेछ। फूलपाती भित्र्याउने शुभ साइत बिहान ७ बजेर ११ मिनेटमा रहेको छ भने स्थिरासन ८ बजेर ४३ मिनेटमा गर्ने बताइएको छ।

असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको छ। त्यसपछि, असोज २६ गते टीका लगाउने दिन छ। देवी विसर्जनको साइत बिहान ८:३३ बजे रहेको छ, जसपछि मान्यजन बाट टीका ग्रहण गर्ने चलन छ। यस वर्ष टीका लगाइमाग्ने बेला व्यक्ति पूर्वतर्फ फर्किनुपर्ने समितिले सुझाव दिएको छ।

दशैंको अन्तिम दिन, असोज ३० गते बुधबार कोजाग्रत पूर्णिमा परेको छ। कोजाग्रत पूर्णिमासँगै दशैंको उत्सव विधिवत् रूपमा समाप्त हुनेछ।

यस वर्ष पनि दशैंको चहलपहल असोज २४ गते फूलपातीबाट शुरू हुने अपेक्षा गरिएको छ, किनभने सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा यही दिनदेखि शुरू हुन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट