Techie IT
२०८२ फागुन २८, बिहीबार

आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा सामान्य बदली रहने


मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेका कारण नेपालमा मनसुन सक्रियता कमजोर देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुने अपेक्षा गरिएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै अन्य प्रदेशका केही पहाडी भू–भागमा मध्यम वर्षा हुने सम्भावना छ। बाँकी तराईका एक–दुई स्थानमा समेत वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदली हुने अनुमान छ। कोशी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र र अन्य प्रदेशका केही पहाडी भू–भागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट