Techie IT
२०८२ भाद्र ८, आइतबार

आज देशभर बदली, यी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना


हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान नजिकै भारततर्फ सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावस्वरूप बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतर्फ प्रवेश गरिरहेको छ।

महाशाखाका अनुसार आइतबार देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ। मधेस, कोशी र लुम्बिनी प्रदेशको तराई भू–भागमा हावाहुरी चल्ने सम्भावना पनि छ।

मधेस र कोशी प्रदेशसहित देशका पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली हुनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा थोरै स्थानमा वर्षा र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

पछिल्लो २४ घण्टाको वर्षा

पछिल्लो २४ घण्टामा काठमाडौंको बूढानीलकण्ठमा ६७.६ मिलिमिटर, जाजरकोटमा ६२.६ मिलिमिटर, रूकुम पश्चिमको मुसिकोटमा ५७.२ मिलिमिटर र दार्चुलामा ५२ मिलिमिटर वर्षा भएको महाशाखाले जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट