Techie IT
२०८२ फागुन २६, मंगलबार

वर्षाले गुरुग्राममा ८ घण्टा सडक जाम, हजारौँ यात्रु सडकमै


भारतको प्रमुख उपनगरमध्ये एक गुरुग्राममा सोमबार परेको वर्षाले यातायात पूर्णरूपमा अवरुद्ध बनाउँदा हजारौँ यात्रुहरू ६ देखि ८ घण्टासम्म सडकमा अल्झिनुपरेको छ।

दिल्ली नजिकै रहेको गुरुग्राम भविष्यवादी गगनचुम्बी भवन र ठूला कर्पोरेट अफिसहरूको लागि परिचित भए पनि यस्तो भीषण ट्राफिक जामले सहरको कमजोर पूर्वाधारप्रति गम्भीर प्रश्न उठाएको छ।

स्थानীয় विपद् व्यवस्थापन प्राधिकरणले मंगलबार कार्यालय, विद्यालय र कलेजहरूलाई घरबाटै काम (वर्क फ्र्रम होम) गर्न सिफारिस गरेको छ, किनभने अझै वर्षा हुने पूर्वानुमान गरिएको छ।

यस वर्ष भारतका विभिन्न भागमा आएको अविरल वर्षा र बाढीले सयौँको ज्यान गइसकेको छ। गुरुग्राममा भने मुख्य राजमार्गको १० किलोमिटरभन्दा लामो खण्डमा गाडीको अन्त्य नदेखिने गरी जाम भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले आक्रोश पोखेका छन्। ‘यति महँगो भाडा तिरेर बस्दा घर पुग्न यस्तो अवस्था,’ एक प्रयोगकर्ताले टिप्पणी गरेका छन्। कतिपयले भने ‘हिँडेरै चाँडो पुगिन्छ’ भन्दै व्यङ्ग्य गरेका छन्।

गुरुग्राम, प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा)ले शासन गरिरहेको हरियाणा राज्यअन्तर्गत पर्छ। यस सहरमा गुगल, मेटा, अमेरिकन एक्सप्रेस, सामसङलगायत ठूला अन्तर्राष्ट्रिय कम्पनीहरूको क्षेत्रीय मुख्यालय रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट