Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

कोशी–कर्णालीमा भारी वर्षा हुनसक्ने, सतर्क रहन आग्रह


हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सामान्य अवस्थामा र पश्चिमतर्फ सामान्यभन्दा केही दक्षिणतिर अवस्थित छ। साथै, सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा परेको छ।

यसको प्रभावस्वरूप अहिले कोशी र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा सामान्यतया बदली छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी थोरै स्थानहरूमा तथा अन्य केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसोको पूर्वानुमान
आज दिउँसो देशका पहाडी भूभागमा सामान्यतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। पहाडी भूभागका केही स्थानमा र अन्य थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

रातिको पूर्वानुमान
आज राति कोशी र मधेस प्रदेशसहित पहाडी भूभागमा सामान्यतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा र बाँकी पहाड तथा तराईका थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान छ। साथै, कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट