कोशी–कर्णालीमा भारी वर्षा हुनसक्ने, सतर्क रहन आग्रह

हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सामान्य अवस्थामा र पश्चिमतर्फ सामान्यभन्दा केही दक्षिणतिर अवस्थित छ। साथै, सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा परेको छ।
यसको प्रभावस्वरूप अहिले कोशी र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा सामान्यतया बदली छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी थोरै स्थानहरूमा तथा अन्य केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसोको पूर्वानुमान
आज दिउँसो देशका पहाडी भूभागमा सामान्यतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। पहाडी भूभागका केही स्थानमा र अन्य थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
रातिको पूर्वानुमान
आज राति कोशी र मधेस प्रदेशसहित पहाडी भूभागमा सामान्यतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा र बाँकी पहाड तथा तराईका थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान छ। साथै, कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस