Techie IT
२०८२ भाद्र २९, आइतबार

कोशीदेखि बाँकेसम्म भारी वर्षा, अझै केही दिन असर रहने पूर्वानुमान


मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहँदा पनि अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले नेपालका विभिन्न स्थानमा वर्षा भइरहेको छ।

गएराति कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। पछिल्लो एक घण्टामा बाँकेको नौबस्ता र उदयपुरको गाईघाटलगायत क्षेत्रमा समेत भारी वर्षा मापन गरिएको छ।

वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुका कारण वर्षा भइरहेको हो। उनको भनाइअनुसार यसको प्रभाव आगामी दुई–तीन दिनसम्म कायम रहनेछ।

‘बादल बढ्ने क्रममा छ। रातिदेखि वर्षाको गतिविधि तीव्र भएको छ,’ कँडेलले बताइन्, ‘कोशी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको छ। त्यसपछि मधेश र लुम्बिनी प्रदेशमा पनि वर्षा भएको छ।’

जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी प्रदेशको झापाको केचनामा गत २४ घण्टामा १२४.८ मिलिमिटर, दमकमा ९२.८ मिलिमिटर र दिङ्गलामा ९४.६ मिलिमिटर वर्षा मापन भएको छ। उदयपुरको गाईघाटमा मात्रै एक घण्टामा ५४.६ मिलिमिटर वर्षा भएको छ, जुन भारी वर्षाको श्रेणीमा पर्छ।

मधेश प्रदेशको सिराहाको गोलबजार, रुपनीबजार, बाँकेको नौबस्ता, अर्घाखाँचीको सिद्धारा र रङ्सिङलगायतका स्थानमा पनि वर्षा भएको छ।

कँडेलका अनुसार आगामी केही दिनमा मनसुनको न्यूनचापीय रेखा अझ उत्तरतर्फ (नेपालतर्फ) सर्ने सम्भावना छ। यदि यसले नेपाल नजिकै सर्न थालेमा वर्षा अझ बढ्ने अनुमान गरिएको छ।

‘अहिले झापा र बाँकेमा तीन घण्टादेखि लगातार भारी वर्षा भइरहेको छ। पूर्वी तराईमा अझ ठूलो वर्षा हुने सम्भावना छ,’ उनले थपिन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट