आज कुहाँ कहाँ पानी पर्छ हेर्नुहोस्

हाल मनसुनी वायुको प्रभाव केही कमजोर छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली हुने अनुमान गरिएको छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा पर्ने सम्भावना पनि छ।
राति देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली हुने अनुमान छ। पहाडी क्षेत्रका केही स्थान र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस