दशैंको टीकाको दिन देशभर आंशिक बदली, यी स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेको छ।
आज बिहीबार, बडादशैंको टीकाको दिन, सबै प्रदेशमा सामान्यतया बदली रहने विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागसहित मधेश प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुने पूर्वानुमान गरिएको छ।
बिहीबार राति पनि सबै प्रदेशमा सामान्यतया बदली रहनेछ। यस अवधिमा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षा र कोशी तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस