वर्षा गराउने प्रणाली क्रमशः पूर्व–उत्तर दिशातर्फ सर्दै - जल तथा मौसम विज्ञान विभाग

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल विशेषगरी मधेस र बागमती प्रदेशका अधिकांश स्थानहरूमा तथा कोशी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको जनाएको छ।
महाशाखाले वर्षा गराउने प्रणाली क्रमशः पूर्व–उत्तर दिशातर्फ सरिरहेको र ती क्षेत्रहरूमा थप वर्षा हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
अर्का केही घन्टामा विशेष गरी कोशी, मधेस र बागमती प्रदेश बढी प्रभावित हुने देखिएको छ।
पछिल्लो ३ घन्टामा वर्षा मापन यसप्रकार छ:
वीरगञ्ज: ४०.४ मिलिमिटर
कलैया: ३६.२ मिलिमिटर
परवानीपुर: २८.२ मिलिमिटर
सिमरा विमानस्थल: २५.६ मिलिमिटर
ललितपुर (गोदावरी): २१ मिलिमिटर
काठमाडौं (सुन्दरीजल): १८.४ मिलिमिटर
तपाईको प्रतिक्रिया दिनुहोस