Techie IT
२०८२ मंसिर २२, सोमबार

मनसुनी वायुको प्रभाव कायमै, विभिन्न प्रदेशमा वर्षा जारी


हाल बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव देशभर कायम रहेको छ। यसको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा भइरहेको छ।

आज बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रही बाँकी भूभागमा सामान्य बदली देखिएको छ। मधेस, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने कोशी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो कोशी र मधेस प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रहनेछ । बागमती र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ। कोशी र मधेस प्रदेशका धेरै स्थानमा, साथै अन्य प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ।

आज राति कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। यी प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट