Techie IT
२०८२ फागुन २६, मंगलबार

तिहारमा देशभर मौसम सामान्य रहने, कुनकुन दिन वर्षाको सम्भावाना छ हेर्नुहोस्


नेपालको दोस्रो ठूलो पर्व तिहारको अवधिभर देशभर सामान्य मौसम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार उल्लेखनीय मौसम प्रणालीको प्रभाव नपरे पनि पश्चिमी वायुको असरका कारण देशका केही पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहनेछ।

तिहारको समयमा पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षा र उच्च हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

महाशाखाले प्रकाशन गरेको कात्तिक ३ देखि ६ गतेसम्मको विशेष मौसम विवरणअनुसार—

लक्ष्मीपूजाका दिन (कात्तिक ३ गते): देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना छ।

कात्तिक ४ गते: देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षा हुन सक्छ।

कात्तिक ५ गते: देशको पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहनेछ। कोशी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

भाइटीकाको दिन (कात्तिक ६ गते): कोशी र मधेस प्रदेशलगायत देशका अन्य पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। सबै प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट