Techie IT
२०८३ भाद्र २६, शुक्रबार

आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना


जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम मुख्यतया सफा रहनेछ।

विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा, साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

एकाध स्थानमा हिमपात हुन सक्ने भएकाले महाशाखाले नागरिकहरूलाई पछिल्लो मौसमी जानकारी लिएर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

यसैगरी आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा, साथै कोशी र गण्डकी प्रदेशका उच्च भूभागमा हल्का वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको विभागको पूर्वानुमानमा उल्लेख गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट