‘मोन्था’ चक्रवातको आंशिक प्रभाव कायमै, देशका विभिन्न भागमा वर्षा र हिमपातको हुँदै
काठमाडौं — देशका विभिन्न भागमा पश्चिमी वायु र बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले आज विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु सक्रिय रहेको छ। यससँगै अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव पनि परेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश पहाडी भू–भागमा बादल लाग्नेछ भने तराईका भू–भागमा आंशिक बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही भागमा मध्यम हिमपात हुन सक्ने भएकाले ती भेगका बासिन्दा तथा किसानलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस